Wednesday, May 31, 2017

 खबर समृद्धि डट कम मा प्रकाशित मेरो आलेख
विज्ञान र प्रविधिको विकास आर्थीक समृद्धिको लागि अपरिहार्य छ 
कुनै पनि देशको आर्थिक समृद्धि त्यो देशको जनताको चेतना र ज्ञानको स्तरसँग प्रत्यक्ष्य सम्बन्धित हुन्छ । अझ विज्ञान र प्रविधिको विकासलाई त आर्थिक विकासको आधार तथा शिखर दुवै रुपमा लिन सकिन्छ । विज्ञान र प्रविधिको विकास कुन स्तरमा भैरहेको छ भन्ने कुराले त्यो देशको विकास कुन गतिमा अघि बढ्छ भन्ने निर्धारण गर्दछ । समग्र विश्व नै विज्ञान तथा प्रविधिमा आधारित भईसकेको सन्दर्भमा हामी कहाँ छौँ र के गर्दैछौं भन्ने प्रश्न धेरै महत्वपुर्ण हुन्छ । तर नेपालको सन्दर्भमा विज्ञान तथा प्रविधिले निकै कम प्राथमिकता पाएको प्रष्टै देखिन्छ । यो स्थिति सधैं यस्तो त थिएन । कुनै समय थियो, जब हामी पनि हाम्रा आफ्नै मौलिक ज्ञान र प्रविधिको जगमा समृद्धिको विशाल महल खडा गर्दै थियौं । तर बाँकी विश्वले विज्ञान तथा प्रविधिको क्षेत्रमा अभूतपूर्व र अविश्वसनीय सफलता हासिल गरिसक्दा पनि हामी जहाँको त्यहीं छौ । अझ भन्नुपर्दा, हामी त झन् पछाडी पर्दै गएका छौँ । हामीले आफ्नै रैथाने परम्परागत प्रविधि र सीपलाई पनि बिर्सिंदै गएका छौँ । धेरै योजना, दस्तावेज, नीति र रणनीतिमा विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको पाईन्छ । तर पनि धेरै कुराहरु सम्भव हुन सकेको छैन । विज्ञान तथा प्रविधि मन्त्रालय सधैं अन्तिम छनौटमा पर्ने गरेको छ । त्यसैमाथि पनि प्राय जसो विषयसँग असम्बन्धित व्यक्तिहरुको नेतृत्व व्यहोर्ने गरेको छ । क्षमतावान नेतृत्व पाउन नसक्नु र कम प्राथमिकतामा पर्नुले सरकारको नीति तथा कार्यक्रम र बजेट विनियोजनमा सधैं बेवास्ताको शिकार हुने गरेको छ । नेपालको १४ औं योजनामा पनि विज्ञान तथा प्रविधिको विकासबाट समृद्धि हासिल गर्ने सोचका साथ विज्ञान तथा प्रविधिको विकास र विस्तार गरि उपयोग क्षमतामा वृद्धि गर्ने उद्धेश्य राखिएको छ । तत्बमोजिम रणनीति र कार्यनीति तय गरिएका छन् । तथापि सत्य यो हो कि, विगतका अनुभवहरुको आधारमा पनि के भन्न सकिन्छ भने, ती रणनीति र कार्यनीतिहरुको कार्यान्वयन हुनेवाला छैन । नेपालमा विज्ञान तथा प्रविधि सम्बन्धित खोज, अनुसन्धान तथा उन्नयनको परिमाण निकै थोरै रहेको छ । भएका पनि कुनै नयाँ आविश्कार र रचानाशिलता गर्न सक्ने स्तरका रहेका दिखएका छैनन् । कुनै सम्भावना बोकेर खडा हुन खोज्ने नयाँ प्रतिभाहरु पनि राज्यबाट उत्साहप्रद सहयोग पाउन नसक्दा निराश बनिरहेको स्थिति छ । एक प्रकारले ब्रेन ड्रेन भैरहेको छ । कैयौं क्षमतावान प्रतिभाहरु बिदेश पलायन भैरहेको यथार्थ जगजाहेरै छ । विज्ञान तथा प्रविधिको विकास गर्न आवश्यक भौतिकपूर्वाधार, आर्थिक आधार र प्राज्ञिक वातावरण पर्याप्त रहेको छैन । देशको आर्थिक समृद्धि कृषि, पर्यटन, उद्योग कलकारखाना र नवीकरणीय उर्जामा आधारित हुनु पर्दछ। यि क्षेत्रमा अपेक्षित सुधार र विकास गर्नका लागि नविन खोज तथा अनुसन्धान पर्याप्त हुनु जरुरी छ । त्यसका लागि जनशक्ति, पूर्वाधार, पैसाको व्यवस्था गर्नु जरुरी छ । मन्त्रालयमा विज्ञान तथा प्रविधि क्षेत्रकै नेतृत्व आउनु जरुरी छ । अन्य क्षेत्रमा पनि विज्ञान तथा प्रविधिलाई अन्तरसम्बन्धित विषयको रुपमा लिई एकीकृत गर्नुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ । विज्ञान तथा प्रविधि शिक्षालाई पनि हाम्रो भौतिक र परम्परागत ज्ञान, सिप र प्रविधिको जगमा प्रवाह गर्नु जरुरी रहेको छ । परम्परागत रुपमा विद्यमान तथा लोप भैसकेका सिप र प्रविधिहरुलाई समयसापेक्ष रुपान्तरण गर्नु आवश्यक रहेको छ । त्यसैगरी आवश्यक नीतिगत स्पष्टता, कानूनी व्यवस्था पनि गरिनुपर्ने देखिन्छ । यसर्थ विज्ञान तथा प्रविधिको विकास बिना आर्थिक समृद्धिको उद्धेश्य हासिल गर्ने सोच राख्नु कोरा कल्पना मात्र हुनेछ । प्रतिक्रियाकालागि silwal892@gmail.com

Read more at: http://www.khabarsamriddhi.com/archives/1037