अहिले थिएटरहरुमा स्थापित कलाकार जोन अब्राहम द्वारा मुख्य भूमिका निर्वाह गरिएको हिन्दि चलचित्र "बाटला हाउस" प्रदर्शन भैरहेकोछ । सन् २००८ मा दिल्ली प्रहरीद्वारा शृंखलाबद्ध बम काण्डका आरोपित आतंकवादीहरुमाथि भएको कारबाहीमाथि आधारित रहेर यो चलचित्र बनाइएको रहेछ । एउटा इमान्दार प्रहरी अधिकृतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी निभाइरहदा उमाथि उठ्ने प्रश्नहरु र सोझिने चोर औलाहरुवरिपरि यो चलचित्र केन्द्रित छ ।
कुनै एउटा विश्वविद्यालयको विद्यार्थीको वेश धारण गरेर शहरमा आतंक मच्चाइरहेका युवाहरुलाई जब प्रहरीले कारबाही गर्दा, उनीहरु मारिन्छन र पक्राउ पर्छन, तब त्यस घटनामाथि राजनैतिक दलहरु राजनीति गर्न थाल्छन, मिडियाहरु टि आर पीको लागि मसला न्युज बनाउन थाल्छन, अनि अधिकारकर्मीहरु सडक तताउन थाल्छन । तर त्यस घटनामा मारिएको तथा घाइते भएका इमान्दार प्रहरीहरुमाथि कसैले समवेदना समेत व्यक्त गर्दैनन्। उल्टो प्रहरीले "फेक इन्काउन्टर" गरेको भनि प्रचारबाजी र विरोध गर्छन । यसबीचमा सो अनुसन्धान टोलीको संयोजक भएर काम गरिरहेको प्रहरी अधिकृत संजय कुमार कसरि परिस्थितिको सामना गर्छ र सत्य स्थापित गर्छ भन्ने कुरालाई चलचित्रमा बडो रोचक ढंगले प्रस्तुत गरिएको छ ।
ज्यानको बाजी राखेर राष्ट्रको सेवामा खटिनु छ । समाजका किराहरुको सफाई गर्ने क्रममा आफ्ना सहकर्मी हरु गुमाउनुको पिडा मुटुमा गाठो परेर बसेको छ । कुन समय आफ्नो टिकट काटिने हो केहि पत्तो छैन । दिन रात केहि नभनी अनुसन्धान गरेको छ । तर जस पाउनुको सट्टा उल्टो आरोपहरुको सामना गर्नुपर्छ, इमान्दारितामाथि प्रश्न उठाइञ्छ । अनि कुन मनोबलका साथ् त्यो राष्ट्रसेवकले काम गर्न सक्ला? तर पनि त्यो प्रहरी अधिकृत आफ्नो कर्तव्यपथबाट विचलित हुदैन, अडिग भएर आफ्नो काममा लागि नै रहन्छ ।
यो चलचित्र हेरिरहदा मैले यसमा नेपालको चित्र पाउछु । उसै पनि छिमेकी राष्ट्र भारत र नेपालको समाज, राजनीति र प्रशाशनको संस्कृतिमा खासै अन्तर भेट्दिन मा । विशेषगरी पछिल्लो समयको एउटा चर्चित काण्ड, "निर्मला पन्त बलात्कार र हत्या प्रकरण" मेरो दिमागमा आउछ । कसरि प्रहरीले अनुसन्धानको क्रममा संदिग्ध अपराधीहरुलाई पक्राउ गर्छ, कसरि सो घटनामा राजनीति गर्न राजनैतिक अभिष्ट लिएका व्यक्तिहरुले जनतालाई भड्काएर सडकमा ओराल्छन र आन्दोलनको रुप दिन्छन ? कसरि अधिकारकर्मी भनिएकाहरुले आफ्नो दुनो सोझ्याउन घटनामाथि मसला थपेर आफुलाई मिठो लाग्ने परिकार तयार गर्छन ?
त्यसैगरी, कसरि एउटा इमान्दार प्रहरी अधिकृतको अनुसंधान माथि प्रश्न उठाइञ्छ र अपराधीहरुलाई सजाय दिलाउनुको साटो प्रहरीहरुमाथि नै कारबाही हुने वातावरण बनाइञ्छ? कसै प्रहरीबलको मनोबाल गिराइञ्छ? कसरि मिडियाले अनुसन्धानमा प्रहरीलाई सघाउने रिपोर्टिङ्ग गर्नुको साटो नियोजित प्रचारबाजी गरेर अनुसन्धानलाई अर्कै मोडतर्फ़ धकेल्छ भन्ने कुरा हिजो निर्मला काण्ड र यससंग जोडिएका घटनाक्रम हरुमा देखिएकै हो । आज बाट्ला हाउस हेरिरहदा मलाई निर्मला काण्ड लाइ केन्द्रमा राखेर नेपालका मिडिया, राजनैतिक दल र अधिकारकर्मीहरुले मन्चन गरेको नाटक हेरेको जस्तो लाग्यो ।
किन प्रहरी बल दिनानुदिन कमजोर बन्दै गैरहेको छ? किन यसका अनुसन्धान हरु प्रभावकारी बनिरहेका छैनन्? चरम राजनैतिक हस्तक्षेप त आफ्नो ठाउ छदैछ, साथ साथ् हाम्रो समाजको मनोविज्ञानले पनि काम गरेको छ। हामि प्रहरीमाथि विश्वास नै गर्दैनौ, प्रहरिबलले कठिन परिश्रम गरेर तयार गरेको अनुसन्धान प्रतिवेदनलाई हामि विश्वास गर्दैनौ तर एउटा "प्रोपागाण्डिस्ट"ले हचुवामा तयार गरेको "कन्स्पिरेसी थ्यौरी"लाइ विश्वास गरेर हामी त्यसलाई सत्य ठान्छौ र लह लहैमा लाग्छौं ।
संचार माध्यमहरुलाई सत्य के हो भन्ने संग सरोकार नै छैन, उनीहरु त आमजनतामा रहेको प्रहरी विरोधी मनोविज्ञानलाई भजाएर समाचारको व्यापारमा मस्त छन् । राजनैतिक दलहरुलाई कसरि कुनै एक घटनाक्रमलाई तोडमरोड गरेर आफ्नो दललाई फाइदा पुर्याउने भन्ने संग मतलब छ । अधिकारकर्मिहरुलाई कसरि आफ्नो "बिजनेस" दिगो बनाउने भन्ने सरोकार छ ।
न्याय कसलाई चाहिएको छ ? यहा त सबैलाई आफ्नो स्वार्थ पूर्ति गर्नु छ। आ-आफ्नो व्यापार चम्काउनु छ ।
ज्यानको बाजी राखेर निस्पक्ष अनुसन्धान गरेर सत्य बाहिर ल्याउदा उल्टै आरोपको भागिदार हुनु पर्ने भए पछि प्रहरीहरुले पनि किन बेकारमा दुख गर्नु? भिडको पछि लागे भैगयो । जसो जसो पण्डित बाजे, उसै उसै स्वाहा गरे भैहाल्यो । सत्य कसैलाई पनि थाहा पाउनुपरेको छैन, सबैलाई त मसालेदार समाचार चाहिएको छ, जसबाट सत्य हैन, मनोरंजन पाउन सकियोस ।