Friday, June 5, 2020

हराएका जिवनहरु


सानो थियो गाउँ एकाध घरहरु थिए यता सय भन्दा धेरै कम संख्यामा होमो सेपियन्सहरु विचरण गर्दथे यी सेपियन्सहरुले जिवन निर्वाह गर्न बाख्रा, कुखुरा, गाई, भैँसी आदी घरपालुवाहरु गरेर जम्मा जम्मी केही सय गैर सेपियन्स जनावरहरु पालेका हुँदा हुन्, सायद दश बिस प्रजातीका वनस्पतिहरु खेती गरिन्थे होला वातावरण जैविक विविधतामाथी चाप परेकै थियो, तर थोरै

माया लाग्थ्यो, जंगली जनावरहरुको, जंगलमा हुर्किरहेका रुख बिरुवाहरुको गाई बाख्रा चराइन्थ्यो घाँस दाउरा गरिन्थ्यो प्रकृतिमै पूर्ण निर्भर थियौँ प्रकृतिको संरक्षण उपयोग धेरथोर सन्तुलनमै चलिराखेको थियो

गाउँको भूगोल चिरेर राजमार्ग जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण भयो सडक वरपर दुई चार घरहरु थपिए यात्रुहरुलाई भात खुवाउने रेष्टुरेन्टहरु खुले केही पसलहरु थपिए दाउराका लागि जंगलका रुखहरु काटिन थाले घरको भकारीमा पैसा थुपार्न जंगलको भकारीका वनस्पतिहरुको दोहन गर्नुपर्ने भयो

केही वर्षपछि सडक कालोपत्रे भयो स्वाभाविक रुपमा सुविधाभोगी सेपियन्सहरु विभिन्न बहानामा गाउँबाट रोडसाइड झर्न थाले सेपियन्सको भिड हुन थाल्यो भुँडीको संख्या थपियो ती भुँडीहरु भर्नका लागि खेतीपाती गर्न जंगल फाँडिए प्रकृतिको माया घट्दै गयो आपका बापका, प्रकृति दोहनले प्रतिस्पर्धाको रुप लियो

स्वादे जिब्राहरुले अरिंगालको गोला खोजे, पोलेर झारे, भुटेर खाए जिब्रो फट्कारे

फुर्सदिला हातहरु भरुवा बन्दुक गुलेली लिएर जंगल छिरे भेटेसम्म मृग, खरायो, ढुकुर, कालिज, लुईँचे नभेटे सारौँ भए पनि शिकार गरे, मर्दांगी देखाए, नाक फुलाए एक छाक दाँत कोट्याउने मेलो बनाए
जंगलमा आगो लगाउनु सामान्य दृश्यावलि बन्न थाल्यो - बारी विस्तार गर्न मनोरञ्जनका लागि चितुवा लखेट्न दुम्सी मार्न लापरवाही गरेर अर्को वर्ष घाँस पलाउला भनेर पड्के च्याउ उम्रेला स्वाद लिउँला भनेर

एकपटक एक परिवारले खेत सिँचाई गर्न खनेको पोखरीमा माथी पाखादेखी गुँडुल्किँदै झरेको निर्दोष सालक फस्यो पोखरीमा साल माछा पर्यो भनेर गाउँ नै उल्टियो घोचाले हानी हानी मारे पुरा गाउँ युद्ध नै जितेको मुडमा आयो एक जनाको भागमा मुस्किलले एक चोक्टा पर्यो केहीले खबटामा चित्त बुझाए

यस्ता निर्मम घटनाका कैयन् एपिसोडहरु भोग्दै समयको श्रृंखला कट्दै गए

आक्कल झुक्कल बाख्रा चराउन जाँदा दुर्लभ गोहोरो बारीका कुनाकानी दौडिरहेको देख्थेँ मन रमाएर गोहोरो भन्दा छिटो दौडन्थ्यो चिकेन, मटन, पोर्क, बफ खाएर पनि अतृप्त रहेका जिब्राहरुले भेटे त्यसलाई पनि बाँकी राख्दा रहेनछन् हरे शिव !

खोलामा विष हालेर, बम हानेर, करेन्ट लाएर प्रशस्त माछा मार्ने सहज तौर तरिकाहरुले जाल खेल्ने, बल्छी थाप्ने, थाल थाप्ने, कुर खेल्ने, घन हान्ने, दुवाली छेक्ने जस्ता परम्परागत तुलनात्मक रुपमा पर्यावरण्ीय सन्तुलन कायम राख्ने विधिहरुलाई विस्थापित गर्न थाले जमिनका भन्दा बढीसंवेदनशिल हुने खोलाका जिवनहरु मासिए

मानिसको लोभी मन ! थोरैले नपुग्ने, धेरै ओगट्ने पुगेस् पुगेस्ले पुगेन पेट भर्नेगरी खायो, बढी भाको फालिदियो बाल ?!

सर्पदंशका सत्यहरु वषौँको अन्तरालमा आक्कल झुक्कल सुनिने कुरा थियो तर खेतमा भ्यागुता, मुसा खाइदिएर गुन लाउन हिँडेका नागहरु मानिसका आँखा अगाडी आइपुगे भने रोज मारिन्थे भलै नागपञ्चमीमा दैलोमाथी नागको तस्बिर टाँगिन्थयो नागको मुर्तिले दुग्ध स्नान भेट्थ्यो ढोँगी सेपियन्स !

केही सचेत मनहरु चिन्तातुर हुन्थे समस्याको जड अशिक्षा गरिबीलाई मान्थे गाउँ गाउँमा विद्यालय कलेजहरु खुले मानिसहरु पढे शिक्षित भए

यही लक डाउन ताका देखेँ -स्नातक स्नातकोत्तरहरु करेन्ट लाउँदै माछा मार्न व्यस्त थिए जलीय पारिस्थितिकीय प्रणालीको महत्वबारे आधारभुत तहमा पढाइ हुन्छ शिक्षित सम्पन्न व्यक्तिहरु हातमा गुलेली बोकेर जंगलबाट फर्कँदै थिए देशका कणर्धारहरु निराश भएर एउटा ढुकुर पनि नभेटेकोमा गुनासो गर्दै थिए हाय शिक्षा !

युवाहरु शहरमुखी विदेशमुखी शहरमा रहेका जिब्राहरु गाइ भैँसीको शुद्ध घिउ खोज्छन् बुढा बाउआमाहरु कुप्रिदैँ जंगल छिर्छन् रुख चढेर स्याउला झार्न सक्दैनन् बौरा ! फेदैदेखी सालका लुंगुराहरु गिँडाइदिन्छन् भारी पुर्याउँछन् शहरमा रहेका निष्ठुर सुविधाभागीहरुलाई पाथीका पाथी दही, दुध, घिउका कोसेली पुर्याएर सन्तान सुख खोज्दछन् साल अन्य वनस्पतिहरु, अनि तिनमा आश्रित प्राणिहरु सन्तान सुख नै भोग्न  नपाई शहिद हुने भए

बोटै पिच्छे फरक स्वाद पाइने आँपका बुटाहरु घट्दै गए अमलाका बुटा आक्कल झुक्कल भेटिन्छन् करमका बुटाहरु रोगाएर खण्डहर जस्तै देखिन थालेका छन् पालुवा लाग्न नपाउँदै निमोठिएर होलान्, शायद सयौँ वनस्पतिहरु मैले पहिचान स्मरण गर्न नपाउँदै लोप भइसकेका होलान्

भ्यागुताहरुको ट्वार्र ट्वार्रको लाउडनेस घट्दै गएको कति थरी सर्पहरु भेटिन्थे आइसल्याण्डमा भन्दा दुर्लभ छन् अहिले गोहोरो देखिएकै छैन।

खजुरो, बिच्छी, झ्याउँकिरीका प्रजातीहरु पनि घट्दै गएका रहेछन्
हुँचिलको हुँ हुँ सुनिएको छैन ठेउवाको ठ्याँ ठ्याँ सुन्न कान तिर्खाइरहेको तित्राको तिन तारे तिरित्आक्कल झुक्कल मात्र सुनिन्छ, कतै कतै

चितुवा छैनन् होला घरपालुवा जनावरहरुलाई आक्रमण गरेको खबर सुनिएको छैन तै तै बाँदरहरु चाहिँ प्रशस्तै छन् बाली जोगाउन हम्मे हम्मे परेको गोडा दोएक चितुवाहरु जंगलमा बँचेका हुन्थे बाँदरको पनि दुहाई हुन्थ्यो होला

रैथाने बालीहरु पनि बाँकी छैनन् है बढी उत्पादन दिने तर बिउ जगाउन नसकिने, वर्षेनी किन्नुपर्ने हाइब्रिड वा विकासेको जगजगी ठूला ठूला घोगा फलेको देखेर जुँगा मुसार्ने कृषकहरु रासायनिक मल, विषादी नभई उत्पादन नदिने यी विकासेको स्याहारमा ऋण ठेक्न बाध्य छन्

केही वर्षको अन्तरालमा हो, यो दुर्घटनाको सुस्त तिव्र रुप देखिन थालेको अर्धचेत, अचेत सचेतहरुले धरीे चेतेका चाहिँ छैनन् है हराएका जिवनहरुको सायद लेखाजोखा पनि गरेका छैनन् कारण - विकल्प अझै प्रशस्त देखिएका छन् तर जिवहरु लोप हुँदै जाँदा बाँकी बचेका जिवहरु पनि बढी जोखिममा पर्दै जाने लोप हुने दरले ज्यामितीय रुप लिने पर्यावरणको सामान्य नियम कसले कसलाई बुझाउने ?

सन् २०२० को विश्व वातावरण दिवसको दिन यस्तै पिडादायी चिन्तनमा बित्यो तपार्इँको नी ?

Monday, June 1, 2020

Corona and Environment, Nepal - 1


While environmental quality of Nepalese cities has been seen improved due to stoppage of industrial, commercial and transport sector activities, observation of rural environment shows the environmental quality has been deteriorated due to increased pressure on rural environment. The pressure has increased due to back flow of people from cities to villages to dodge corona infection. Similarly, the people have earned time, which is used to create extra burden on environment.
In my village, people are burning forests for entertainment, expanding farmland or growing grass for pastoring. Aquatic ecosystems of local rivers have been destroyed by overfishing. Electric current is being used to kill fishes, which is also killing other lives in the ecosystem. Similarly poisoning is also used for fishing, which also kills aquatic lives other than fish especially amphibians which were already in pressure due to degradation of aquatic environment.
I had recently visited to a river of my village. I was surprised not to see shoal of fish, which was a usual scene some years ago. The corona dodgers have no mercy towards the fish, frogs, tadpoles, crab and other aquatic creatures. I saw several groups fishing in the river using different methods including electrocution. The fishermen were not the illiterate aged persons, but the educated ones, who had received at least high school level education. This scene was an example of failure of civic education in Nepal.
Activities like forest fire and burning of agricultural residues are polluting the air, when we are pretending to breathe fresh air in urban settings. The deforestation rate seems to be increased. Asleep agricultural activities seem to be awaken because the returned folks have used their free time in agricultural activities. They have done so in fear of predicted food crisis and price hike in near future. Oxen have been replaced by power tillers for saving time, money and better tillage, which has increased consumption of fossil fuel.
In another visit to a forest, I couldn't breathe because of smoke released due to forest fire. My eyes were burning of smoke. I saw the forest floor was black of charcoal, shoot and ash. It was not about a certain section of forest but the entire landscape. People were seen igniting fire in the forest area adjacent to their farmland for clearing purpose. Upon my query, they said that they did this to protect their farm from wild animals and expand pastor for their farm animals. The scene was very awful and painful to a conscious person.
In global setting, though the environment has felt relaxed now due to reduced economic activities, there is certainty of explosion of economic activities after this corona outbreak ends. This will shadow the environmental issues, which were just being mainstreamed with development before corona. So the environmental scientists and environmentalists need to prepare strategies to plan how to advocate about environmental issues at that time. It is clearly obvious that environmental degradation is more dangerous than any virus outbreak, because of slow killing and vast nature of former.


Friday, August 16, 2019

चलचित्र: बाटला हाउस र निर्मला काण्ड

अहिले थिएटरहरुमा स्थापित कलाकार जोन अब्राहम द्वारा मुख्य भूमिका निर्वाह गरिएको हिन्दि चलचित्र "बाटला हाउस" प्रदर्शन भैरहेकोछ ।  सन् २००८ मा  दिल्ली प्रहरीद्वारा शृंखलाबद्ध बम काण्डका आरोपित आतंकवादीहरुमाथि भएको कारबाहीमाथि आधारित रहेर यो चलचित्र बनाइएको रहेछ । एउटा इमान्दार प्रहरी अधिकृतले कर्तव्यनिष्ठ  भएर जिम्मेवारी निभाइरहदा उमाथि उठ्ने प्रश्नहरु र सोझिने चोर औलाहरुवरिपरि  यो चलचित्र केन्द्रित छ ।

कुनै एउटा विश्वविद्यालयको विद्यार्थीको वेश धारण गरेर शहरमा आतंक मच्चाइरहेका युवाहरुलाई जब प्रहरीले कारबाही गर्दा, उनीहरु मारिन्छन र पक्राउ पर्छन, तब त्यस घटनामाथि राजनैतिक दलहरु राजनीति गर्न थाल्छन, मिडियाहरु टि आर पीको लागि मसला न्युज बनाउन थाल्छन, अनि अधिकारकर्मीहरु सडक तताउन थाल्छन । तर त्यस घटनामा मारिएको तथा घाइते भएका इमान्दार प्रहरीहरुमाथि कसैले समवेदना समेत व्यक्त गर्दैनन्। उल्टो प्रहरीले "फेक इन्काउन्टर" गरेको भनि प्रचारबाजी र विरोध गर्छन । यसबीचमा सो अनुसन्धान टोलीको संयोजक भएर काम गरिरहेको प्रहरी अधिकृत  संजय कुमार कसरि परिस्थितिको सामना गर्छ र सत्य स्थापित गर्छ भन्ने कुरालाई चलचित्रमा बडो रोचक ढंगले प्रस्तुत गरिएको छ ।

ज्यानको बाजी राखेर राष्ट्रको सेवामा खटिनु छ । समाजका किराहरुको सफाई गर्ने क्रममा आफ्ना सहकर्मी हरु गुमाउनुको पिडा मुटुमा गाठो परेर बसेको छ । कुन समय आफ्नो टिकट काटिने हो केहि पत्तो छैन । दिन रात केहि नभनी अनुसन्धान गरेको छ । तर जस पाउनुको सट्टा उल्टो आरोपहरुको सामना गर्नुपर्छ, इमान्दारितामाथि प्रश्न उठाइञ्छ । अनि कुन मनोबलका साथ् त्यो राष्ट्रसेवकले काम गर्न सक्ला? तर पनि त्यो प्रहरी अधिकृत आफ्नो कर्तव्यपथबाट विचलित हुदैन, अडिग भएर आफ्नो काममा लागि नै रहन्छ ।

batla houseको लागि तस्बिर परिणाम


यो चलचित्र हेरिरहदा मैले यसमा नेपालको चित्र पाउछु । उसै पनि छिमेकी राष्ट्र भारत र नेपालको समाज, राजनीति र प्रशाशनको संस्कृतिमा  खासै अन्तर भेट्दिन मा । विशेषगरी पछिल्लो समयको एउटा चर्चित काण्ड, "निर्मला पन्त बलात्कार र हत्या प्रकरण" मेरो दिमागमा आउछ । कसरि प्रहरीले अनुसन्धानको क्रममा संदिग्ध अपराधीहरुलाई पक्राउ गर्छ, कसरि सो घटनामा राजनीति गर्न राजनैतिक अभिष्ट लिएका व्यक्तिहरुले जनतालाई भड्काएर सडकमा ओराल्छन र आन्दोलनको रुप दिन्छन ? कसरि अधिकारकर्मी भनिएकाहरुले आफ्नो दुनो सोझ्याउन घटनामाथि मसला थपेर आफुलाई मिठो लाग्ने परिकार तयार गर्छन  ?

त्यसैगरी, कसरि एउटा इमान्दार प्रहरी अधिकृतको अनुसंधान माथि  प्रश्न उठाइञ्छ र अपराधीहरुलाई सजाय दिलाउनुको साटो प्रहरीहरुमाथि नै कारबाही हुने वातावरण बनाइञ्छ?  कसै प्रहरीबलको मनोबाल गिराइञ्छ? कसरि मिडियाले अनुसन्धानमा प्रहरीलाई सघाउने रिपोर्टिङ्ग गर्नुको साटो नियोजित प्रचारबाजी गरेर अनुसन्धानलाई अर्कै मोडतर्फ़ धकेल्छ भन्ने कुरा हिजो निर्मला काण्ड र यससंग जोडिएका घटनाक्रम हरुमा देखिएकै हो । आज बाट्ला हाउस हेरिरहदा मलाई निर्मला काण्ड लाइ केन्द्रमा राखेर नेपालका मिडिया, राजनैतिक दल र अधिकारकर्मीहरुले मन्चन गरेको नाटक हेरेको जस्तो लाग्यो ।
nirmala pantaको लागि तस्बिर परिणाम

किन प्रहरी बल दिनानुदिन कमजोर बन्दै गैरहेको छ? किन यसका अनुसन्धान हरु प्रभावकारी बनिरहेका छैनन्? चरम राजनैतिक हस्तक्षेप त आफ्नो ठाउ छदैछ, साथ साथ् हाम्रो समाजको मनोविज्ञानले पनि काम गरेको छ। हामि प्रहरीमाथि विश्वास नै गर्दैनौ, प्रहरिबलले  कठिन परिश्रम गरेर तयार गरेको अनुसन्धान प्रतिवेदनलाई  हामि विश्वास गर्दैनौ तर एउटा "प्रोपागाण्डिस्ट"ले  हचुवामा तयार गरेको "कन्स्पिरेसी थ्यौरी"लाइ विश्वास गरेर हामी त्यसलाई सत्य ठान्छौ र लह लहैमा लाग्छौं  ।

संचार माध्यमहरुलाई सत्य के हो भन्ने संग सरोकार नै छैन, उनीहरु त आमजनतामा रहेको प्रहरी विरोधी मनोविज्ञानलाई भजाएर समाचारको व्यापारमा मस्त छन् । राजनैतिक दलहरुलाई कसरि कुनै एक घटनाक्रमलाई तोडमरोड गरेर आफ्नो दललाई फाइदा पुर्याउने भन्ने संग मतलब छ । अधिकारकर्मिहरुलाई कसरि आफ्नो "बिजनेस" दिगो बनाउने भन्ने सरोकार छ ।

न्याय कसलाई चाहिएको छ ? यहा त सबैलाई आफ्नो स्वार्थ पूर्ति गर्नु छ। आ-आफ्नो व्यापार चम्काउनु छ ।

ज्यानको बाजी राखेर निस्पक्ष अनुसन्धान गरेर सत्य बाहिर ल्याउदा उल्टै आरोपको भागिदार हुनु पर्ने भए पछि प्रहरीहरुले पनि किन बेकारमा दुख गर्नु? भिडको पछि लागे भैगयो । जसो जसो पण्डित बाजे, उसै उसै स्वाहा गरे भैहाल्यो । सत्य कसैलाई पनि  थाहा पाउनुपरेको  छैन, सबैलाई त मसालेदार समाचार चाहिएको छ, जसबाट सत्य हैन, मनोरंजन पाउन सकियोस । 

Tuesday, February 19, 2019

उकुुसमुकुस- १: अपेक्षा, उपदेश र दुःख


गौतम बुद्धका अनगिन्ति उपदेशहरुमध्ये एउटा उपदेश मलाई बार बार सम्झना आउँछ ।

“अरुले गरेको जुन व्यवहार तिमीलाई मन पर्दैन, त्यो व्यवहार तिमी पनि अरुसँग नगर ।”

बुद्धको यो उपदेश म हरदम लागु गर्न कोशिस गरीरहन्छु । दुर्भाग्यवश यस विपरित व्यवहार म बाटै पटक पटक हुन्छ । यसका लागि म क्षमा चाहन्छु । हरेक पटक एकदम सोचेर र जाँच परख गरेर व्यवहार गर्न सम्भव नहुने रहेछ, यसकारण धेरैपटक अनायास कुनै क्रिया वा प्रतिक्रियामा मैले ग्रहण गरेका कतिपय दर्शन म बाट लागु नहुन पनि सक्छन् । यस्तो हुन नहुने हो तर लागु गर्ने कोशिस भने म बाट हरदम जारी नै रहन्छ ।
source of photo: https://www.artvault.co.in/product/lord-buddha-2/ 

यसमा अर्को कुरा के पनि जोडिन आउँछ भने जान्नु र व्यवहारमा उतार्नु अलग कुरा हुन् । कुनै कुरा जान्दैमा व्यवहारमा त्यो प्रकट नहुन पनि सक्छ । तथापी कुनै ज्ञान ग्रहण गरेर जिवनमा लागु गर्न उपयुक्त हुन्छ भन्ने कुरा महसुस गरीसकेपछी भने सो कुरालाई लागु गर्ने तर्फ नै हर प्रयत्न  केन्द्रित हुनुपर्छ । यसका बावजुद समयको बहाव सँगै परिवर्तन हुने समय सापेक्ष कतिपय कुराहरुलाई अद्यावधिक गर्दै लैजानु आवश्यक पनि देख्छु म ।

ज्ञान ग्रहण गर्ने कुरा पनि मानिस पिच्छे फरक हुँदोरहेछ । एकै सुचनाबाट पनि मैले निकाल्ने निस्कर्ष र तपाईँले निकाल्ने निस्कर्ष फरक हुन सक्छ । सुचना ग्रहण गर्ने क्रममै सुचनालाई कसरी ग्रहण गर्ने, कति ग्रहण गर्ने, कसरी विश्लेषण गर्ने र कस्तो निस्कर्ष निकाल्ने कुरा व्यक्तिपिच्छे नै फरक हुनुमो निजको मेन्टल मोडेलको भुमिका रहन्छ । बालक जन्मेर यस धर्तीमा आइसकेपछि उसले प्राप्त गर्ने वातावरणमा मेन्टल मोडल निर्भर हुन्छ ।
वयस्क अवस्थामा आइपुग्नु भन्दा पहिल्यै उसले एक किसिमको मेन्टल मोडेल तयार गरिसकेको हुन्छ ।

मेन्टल मोडेल कस्तो हुने भन्ने कुरा व्यक्तिले प्राप्त गर्ने आहार विहार, प्राकृतिक वातावरण, पारिवारिक तथा सामाजिक परिवेश, संस्कार, शिक्षा दिक्षा, हुर्काइको तौर तरिका लगायतका धेरै मिहिन पक्षहरुमा भर पर्ने हुँदा व्यक्ति पिच्छे नै यो फरक हुन जान्छ । यद्यपि दुई वा दुई भन्दा बढी मानिसहरुका मेन्टल मोडेल बिच केही आधारभुत कुराहरुमा समानता भने रहन सक्छ नै ।

यसर्थ प्रकृति र समाजबाट प्राप्त हुने सुचनाबाट कस्तो निस्कर्ष निकाल्ने भन्ने कुरा व्यक्तिको मेन्टल मोडेलमा भर पर्दछ । राम्रो वा नराम्रो, ठीक वा बेठीक, सकारात्मक वा नकारात्मक भन्ने कुराहरु सापेक्षिक कुरा हुन् । एकै वस्तु वा तथ्य पनि मलाई राम्रो लाग्न सक्छ भने यहाँलाई नराम्रो लाग्न सक्छ त्यस्तै तपाईँलाई ठीक लागेको कुरा मलाई मन नपर्न पनि सक्छ । संसारमा हरेक मानिसका भिन्न रोजाईहरु छन् । तपाइँँले जसरी सोच्नुहुन्छ, मैले त्यसरी सोच्नुपर्दछ भन्ने छैन । यसको अर्थ, म सही तपाइँ गलत भन्ने पनि हैन । सही वा गलत सापेक्षिक कुराहरु हुन् ।
यहि कुरा नै म ग्रहण गर्ने कोशिस गर्दैछु ता की मलाई अरु व्यक्तिहरुसँग अपेक्षा उत्पन्न नहोस् । मैले सोचेझैँ अरुले पनि सोचिदिए हुन्थ्यो भन्ने सोचाइले अरु व्यक्तिहरुसँग मैले अपेक्षा राख्न थाल्दछु । तर हरेक व्यक्तिको मेन्टल मोडेल फरक हुने हुनाले उसको सोच र व्यवहार मेरो अपेक्षासँग मेल खाँदैन । अनि म दुःखी हुन्छु, निराश हुन्छु । दुःख र निराशाको कारण नै अपेक्षा त हो । यस्तो भैदिए हुन्थ्यो, उसले यस्तो सोचिदिए हुन्थ्यो, उसले यस्तो गरिदए हुन्थ्यो भन्ने प्रकारका अपेक्षाहरुको सिर्जना जब म गर्न थाल्छु  तब त्यस्तै त हुँदैहुँदैन ,अनि म निराश हुन थाल्छु । दुःखी हुन थाल्छूु ।
source of photo: https://www.saatchiart.com/art/Painting-Sad-Man/840574/3762141/view

यही अपेक्षाको सिर्जना सँगै उपदेशको प्रसंग पनि शुरु हुन्छ , जुन मैले शूरुमै उल्लेख गरेको गौतम बुद्धको उपदेशको प्रसंगसँग मिल्न जान्छ ।

म अरुसँग त्यो व्यवहारको अपेक्षा गर्दछु, जुन व्यवहार म आफैँ चाहीँ गर्दिन भने त्यो कति युक्तिसंगत होला ? अथवा म अरुसँग त्यो व्यवहार नगरोस् भन्ने चाहना राख्छु, जुन म आफैँ गरिरहेको हुन्छु । आफ्नो आङको भैँसी नदेख्ने, अरुको टाउको जुम्रा पनि देख्ने?? आफ्ना कमी कमजोरीलाई चाहीँ नजर अन्दाज गर्ने वा तिनलाई आफ्नो सामथ्र्यकै रुपमा लिएर घमण्ड गर्ने, अनि अरुले चाहीँ सुध्रिनुपर्छ भन्ने अपेक्षा राख्ने ? अनि त्यो अनुचित अपेक्षा अरुबाट पुरा होस् भनेर उपदेश दिन थाल्ने ।

"तिमीले यसो गर्नुपर्दछ । तिमीले यसो गर्नुहुँदैन ।"

ए बाबा ! हरेक व्यक्तिका आफ्ना स्वभाव हुन्छ, रुची हून्छ, आफ्नै मेन्टल मोडल हुन्छ । तसर्थ उसका चाहना, रुची, इच्छा, बोली व्यवहार म भन्दा फरक हुन्छ भन्ने तथ्यलाई भुलेर म किन उ सँग अपेक्षा राखिरहेको छु ? अनि त्यो अपेक्षा उ बाट पुरा गराउन म किन उसलाई उपदेश दिइरहेको छु ? जुन कुरा म उपदेश दिइरहेको छु, त्यही कुरा मैले चाहीँ लागु गरिरहेको छु त ? अझ मैले लागु गरेकै भए ता पनि त्यही कुरा बाँकी दुनियाले पनि गर्नुपर्छ भन्ने मेरो चाहना हो ? हो भने म गलत छु, मैले आफूलाई सुधार्नै पर्दछ । मैले मेरो दृष्टीले देखेको मात्र ठीक, अरु सब बेठीक भन्ने सोच त्याग्नैपर्दछ । फेरी यो सब अरुको खुसीका लागी हैन , मेरै खुसीका लागि हो ।

Sunday, August 12, 2018

An uninvited guest of midnight

Rented room of mine, here in Baglung, has been turned out to be a small ecosystem, where I remain as a keystone species. Today, a frog also migrated in a rainy night of August into my room. It was a dark colored amphibian having slender body. I was watching wrestling in youtube, turned off all the lights. A sudden jump of a creature above my body almost fainted me. 

It could be one of the mice, whom I explored almost a week ago in my kitchen rack. But mice usually don't jump, my common sense says. I turned light on and saw, an almost 4 inch long creature was stuck on wall of my room just above a pile of books. 

I had never seen such a frog, which could adhere on walls. In my village, central Nepal, two types of frogs are common, one swims in water is small and another, big, rough, dark, not good to look usually loves dry. 

But this was different. This had 4 fingers on forelimb, which had adhesive disk on their fingertips, with help of which it stuck on the wall successfully. Moreover, it has longer, and more stretched and stronger hindlimbs, with help of which it could make long leaps. It seems as if it is flying.

It is a marvelous creature. When I tried to chase it out of my room, it was stubborn. 

I wasn't in situation to host some more guests, because a herd of mosquitoes, sand flies, cockroaches, spiders and other smaller insects are already inhabiting this place.Sometimes, some rats come and disturb the peaceful environment.

Oh beautiful frog, you can come again to meet me, but don't bring snakes behind you.!