Friday, December 29, 2017

How School Safety and DRR Project supporting Nepal Government to operationalize SSDP of Nepal?


School Sector Development Plan is a seven year plan (2016-2023) devised by Nepal government to ensure equitable access of all to quality of education. The plan has carried a vision of contributing to the development of self-sustainable, competitive, innovative and value-oriented citizens for the socioeconomic transformation of the nation. Addressing the lessons learned from Gorkha earthquake, the plan has given due emphasis on school based disaster risk reduction and comprehensive school safety.
Promoting and Strengthening DRR and School Safety project is led by Child Centered Disaster Risk Reduction (CC-DRR) consortium. The consortium consists of Save the Children, Plan International Nepal and World Vision as members and UNICEF as strategic partner. Plan International Nepal is implementing this project focusing on 30 community and 10 private schools of Baglung district. This project is funded by European Union Civil Protection and Humanitarian Aid (ECHO).
The project is supporting Nepal government to meet the goals and objectives of SSDP related to DRR and school safety i.e. to mainstream DRR and school safety. SSDP's DRR and School safety objectives are as follows:
·                  To ensure all children have access to safe learning environment.
·                  To mainstream CSS and DRR in education sector by strengthening school level disaster management and resilience among communities.
To meet aforementioned objectives, the SSDP has set 10 strategies. The project is in line with these strategies.  Three expected outcomes of SSDP, school facilities resilient to different kind of disasters; strengthened school disaster management; and institutionalization of risk reduction and resilience education are in line with three pillars of comprehensive school safety framework (CSSF), Safe learning facilities; School disaster management, and Risk reduction and resilience education.
The project supports the schools to carry out multi hazard risk assessment and risk reduction planning. Then the schools will incorporate these risk reduction plans in their School Improvement Plans (SIPs) to ensure effective implementation. The schools prepare education continuity plans focusing on safe evacuation routes, safe havens, safe family reunification and child protection in emergency. The project will support schools in non-structural mitigation activities identified by multi hazard vulnerability and capacity assessment. These SIPs will be shared with respective local governments through a series of advocacy interventions for resource allocation in DRR and school safety activities.

The DRR focal teachers of the schools are being trained on basic first aid skill and the schools are provided with basic first aid kit to ensure basic first aid in schools during emergency. Further, the project also supports the District Education Office in stock piling of emergency education materials.
To spread important awareness messages within school and communities, the project will empower and support child and youth clubs. The teachers have been trained on DRR and School safety. The trained teachers will teach DRR lessons to the students and encourage to promote culture of safety and resilience at their homes too. The teachers training contents on DRR and School Safety have been incorporated within the TPD package. Similarly, head teachers, resource persons and school supervisors will be trained to ensure effective leadership, monitoring and evaluation of DRR and School Safety initiatives at schools.

The project further extends support in contingency planning, stakeholders mapping, sensitization to schools, and other activities for ensuring the mainstreaming of DRR and school safety in ongoing mechanism of education sector.

A minimum school safety package will be developed containing minimum standards of school safety and school based DRR in context of Nepalese schools. The project will support schools in nonstructural mitigation identified after multi hazard vulnerability and capacity assessment.

In this way, the project focuses on some major components of Pillar 2 and 3 of CSSF. However, it is important to pay attention to all components of all three pillars of CSSF. Similarly, it is essential to scale up the culture of school safety to more than 35,000 schools of Nepal. The project is continuously advocating in this regard and developing IEC materials applicable to people with disability too. The dissemination of these IEC materials will support to take these key messages to all Nepal. 

Tuesday, December 12, 2017

पर्वत, जलवायु परिवर्तन र नेपालको सन्दर्भ Read more at: http://www.khabarsamriddhi.com/archives/2929

कपिल सिलवाल विश्वको जमिनको कूल क्षेत्रफलको २० प्रतिशत भाग पर्वतहरुले ढाकेका छन् । विश्वका  एक अर्ब मानिसहरु पर्वतीय भू- भागमा बसोबास गर्दछन् र विश्वको आधाभन्दा बढी जनसंख्या खाद्यान्न, पानी र सफा उर्जाका लागि प्रत्यक्ष रुपमा पर्वतहरुमाथि आश्रित छन् । पर्वतहरु विभिन्न प्राकृतिक श्रोतहरुका संगम हुन् । 

नेपाल पनि एक पर्वतीय मुलुक हो। यसको कूल भू-भागको ८५ प्रतिशत भन्दा बढी क्षेत्र चुरे पहाड, महाभारत पर्वत श्रृंखला, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रले ढाकेको छ । उत्तरदेखि दक्षिणतर्फ लाग्दा करिब १९३ कि.मि.को चौडाईभित्र समुद्री सतहदेखि ५९ मि. देखि ८,८४८ मि. सम्मको उचाइका भूधरातलहरु रहेका छन् । छोटो दुरीमै यो किसिमको भौगोलिक भिन्नता रहनुले विविध जलवायु प्रणाली र उच्च जैविक विविधतालाई त जन्म दिएको छ नै त्यससँगै उच्च सांस्कृतिक र सामाजिक विविधताको पनि रचना गरेको छ । 

नेपालका सबै ठूला नदीहरुको उद्गम स्थल उत्तरतर्फका हिमश्रृंखला हुन् । नेपालको सबैभन्दा ठूलो प्राकृतिक श्रोत पनि जलसम्पदा नै हो । विद्युत, सिँचाई, परिवहन, पर्यटन प्रवर्धन, कृषि, उद्योग आदिको लागि नभइ नहुने श्रोत पनि जलसम्पदा नै हो । एक हदसम्म भन्नुपर्दा नेपालको अर्थतन्त्रमा प्राण भर्ने ठानिएको जलसम्पदा अन्ततः ती पर्वतहरुकै उपज हुन् । 

नेपालको कूल जनसंख्याको आधा जनसंख्या पर्वतीय क्षेत्रमा बसोबास गर्दछ । नेपालका पर्वतहरु जलश्रोतका अलावा जमिन, वन वनस्पति, खनिज जस्ता प्राकृतिक श्रोतका भण्डार हुन् ।

 जनसंख्या वृद्धिसँगै पछिल्लो समय पर्वतीय क्षेत्रमा मानवीय चाप बढ्दै गएको छ । यसले विभिन्न किसिमका समस्याहरु निम्त्याएको छ । यी समस्याहरुले मानविय, आर्थिक, सामाजिक र वातावरणीय संकटहरु सिर्जना गरिरहेका छन् । बाढी, पहिरो जस्ता विपद्को बढ्दो जोखिम, जलवायु परिवर्तनका असरहरुको तिव्र मात्रामा वृद्धि, तिव्र बसाईँसराई, सहरीकरण, गलत भूउपयोग र जैविक विविधताको क्षय पछिल्लो समय नेपालको पर्वतीय क्षेत्रमा देखिएका समस्याहरु हुन् । 

पर्वतीय क्षेत्रहरुको लागि जलवायु परिवर्तन सबैभन्दा ठूलो खतराको रुपमा रहेको छ । जलवायु परिवर्तनको मूख्य कारण वायुमण्डलमा कार्बन डाइअक्साइड, मिथेन जस्ता हरित गृह ग्याँसहरुको मात्रा बढ्नु हो । यस्ता हरित गृह ग्याँसले सूर्यबाट आउने तापलाई सोसेर राख्दछन् र वायुमण्डलको तापक्रम बढाउन मदत गर्दछन् । कोइला, डिजेल, पेट्रोल, एलपिजि जस्ता खनिज उर्जाहरुको दोहन, वन विनाश, कृषि तथा पशुपालन जस्ता मानवीय क्रियाकलापहरु बाट यस्ता ग्याँस उत्सर्जन हुन्छन् । जलवायु परिवर्तनका लागि जिम्मेवार हरित गृह ग्याँस उत्सर्जनमा नेपालको भूमिका ०.०५६ प्रतिशत मात्रै भए तापनि यसको असरबाट सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रहरुमध्ये नेपाल पनि एक हो । एक अध्ययनले नेपाल जलवायु परिवर्तनबाट जोखिममा रहेका राष्ट्रहरुमध्ये चौँथो स्थानमा रहेको देखाएको छ । 

जलवायु परिवर्तनको असर विश्वभर पर्ने भए तापनि आर्थिक रुपमा कमजोर राष्ट्रहरु यसबाट बढी प्रभावित हुन्छन् । जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक अनुकुलनमा लगानी गर्न नसक्ने भएकोले गरिब राष्ट्रहरु यसबाट बढी प्रभावित हुन्छन् । साथै, नेपालको विशिष्ट भौगोलिक, भौगर्भिक अवस्थिति, र जलवायु प्रणालीका कारण पनि यो जोखिम बढेको हो ।

 जलवायु परिवर्तनको असर वायुमण्डलीय तापक्रम र वर्षामा देखापर्ने परिवर्तनको माध्यमबाट उद्घाटित हुने गर्दछ । तापक्रम र वर्षामा आउने परिवर्तनले पारिस्थितिकिय पद्धति, वातावरणीय सन्तुलन र प्राकृतिक चक्रहरुमा परिवर्तन ल्याउँछ । पृथ्वीका सबै प्राकृतिक प्रणालीहरु परिवर्तनशील छन् तर हालको जलवायु परिवर्तनले निम्त्याएको परिवर्तनको दर तिव्र भएकाले प्राकृतिक प्रणालीहरु यससँग अभ्यस्त र अनुकुलित हुन सकिरहेका छैनन् । 

नेपालको दूई तिहाई जनसंख्या कृषिमा आश्रित छ भने कूल राष्ट्रिय उत्पादनको एक तिहाई योगदान कृषि क्षेत्रको रहेको छ । जलवायु परिवर्तनले कृषिमा प्रत्यक्ष प्रभाव पार्दछ । वर्षामा आधारित कृषि प्रणालीमा झन् यसले ठाडै असर पार्दछ । नेपालका धेरै कृषि प्रणाली वर्षामा आधारित रहेका छन् । कतै अतिवृष्टि हुने, कतै लामो समयसम्म सुख्खा रहिरहने, कतै बेमौसमी वर्षा हुने जस्ता समस्या कृषकहरुले भोगिरहेका छन् । नेपालका अधिकांश कृषकहरुले व्यावसायिक कृषि नअपनाई  सानो स्तरमा परिवारको माग धान्न मात्र पुग्ने खाद्यान्न उब्जाउने गरेका छन् । कमजोर आर्थिक अवस्था, अनुकुलनको ज्ञानको कमि आदी कारणले जलवायु परिवर्तनबाट ठूला कृषकभन्दा साना कृषकहरु बढी संकटासन्न रहन्छन् । 

त्यस्तै, जलवायु परिवर्तनले पहिरो, बाढी, चट्याङ, असिना, हिमपात जस्ता जलवायु जन्य प्रकोपहरुको संख्या र तिनले गर्ने क्षति पनि बढाइरहेको तथ्यांकहरुले देखाउँछन् । जलवायु परिवर्तनले हिउँ पग्लिने दर तिव्र हुँदै जाँदा नेपालका सेता हिमालहरु काला बन्दै गइरहेका छन् । हिमपहिरोको जोखिम बढिरहेको छ, जसले प्रत्यक्ष रुपमा पर्वतारोहणमा आधारित पर्यटनमा नकारात्मक असर पारेको छ । हिउँ पग्लिने दर तिव्र हुँदै जाँदा हिमतालहरुको क्षेत्रफल पनि बढ्दै गइरहेको छ । पहिला नभएका ठाउँमा पनि नयाँ नयाँ हिमतालहरु सिर्जना भइरहेका छन् । हिमताल बन्ने हिमाली उपत्यकाका भूगोल अत्यन्त कमजोर हुने हुनाले हिमताल फैलँदै जाँदा कुनै पनि समय त्यो विष्फोटन हुने खतरा हुन्छ । यसरी जलवायु परिवर्तसँगै हिमताल विष्फोटको जोखिम पनि बढ्दै गइरहेको छ । 

जलवायु परिवर्तनले जलश्रोत, जैविक विविधता, कृषि, जिविकोपार्जन र खाद्य सुरक्षामा पारेको नकारात्मक प्रभावसँगै विभिन्न किसिमका रोग तथा महामारीहरुको पनि खतरा बढाइरहेको छ । यसरी जलवायु परिवर्तनको असर जनस्वास्थ्यसँग पनि जोडिएको छ । विभिन्न पूर्वाधारहरु निर्माणमा गरिएको लगानी जलवायु परिवर्तनले सिर्जना गरेका उच्च जोखिममा परेका छन् । जलवायु परिवर्तनले समग्र अर्थतन्त्रमाथि नै प्रहार गरिरहेको छ ।

 यस वर्ष संयुक्त राष्ट्रसंघिय खाद्य तथा कृषि संगठनले पर्वतीय दिवसको विषय जलवायु परिवर्तनसँगै पर्वतीय क्षेत्रमा निम्तिरहेका समस्याहरु खाद्यान्न असुरक्षा र बसाइसराईमा केन्द्रित गरेको छ । यो विषय नेपाल जस्तो कृषिमा आधारितर भएको र तिव्र गतिमा सहरीकरणतर्फ उन्मुख भइरहेको अल्प विकसित मुलुकका लागि निकै सान्दर्भिक रहेको छ । 

नेपालले आगामी ५ वर्षमा अल्प विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा आफूलाई उकास्ने लक्ष्य राखेको छ । यस लक्ष्यलाई पुरा गर्नका लागि आगामी दिनमा तिव्र गतिमा विकास निर्माण, रोजगारी सिर्जना, औद्योगिकीकरण, कृषि क्रान्ति गर्नुपर्ने छ । विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्दा नेपालको विशिष्ट भौगोलिक अवस्था र जलवायु प्रणालीलाई ध्यान दिनुपर्दछ । जलवायु अनुकुलन र विपद् जोखिम न्युनिकरणका कार्यक्रमहरुमा लगानी गर्नुपर्ने छ । जैविक विविधता संरक्षण, प्राकृतिक श्रोत व्यवस्थापनका कार्यक्रममा अनुसन्धान र विकासमा लगानी बढाउनुपर्ने देखिन्छ । 

नेपालका पर्वतहरु विभिन्न प्राकृतिक श्रोतका खानि हुन् । यी प्राकृतिक श्रोतको समुचित व्यवस्थापन गर्न सके आर्थिक समृद्धिका अन्य बाटो खन्नै पर्दैन । यहाँ के छैन ? सबथोक छ । तर यी श्रोतहरुको व्यवस्थापनको अभाव छ । अव्यवस्थित भूउपयोग, अव्यवस्थित बसोबास, जलवायु परिवर्तन, अनियन्त्रित दोहन र संरक्षणको अभावका यी असिमित प्राकृतिक श्रोतहरु खिइँदै गइरहेका छन् । 

अहिले नेपाल राजनैतिक परिवर्तन संस्थागत गर्नेतर्फ अग्रसर छ । राजनैतिक परिवर्तन संस्थागत गरिसकेपछि गर्नुपर्ने भनेको आर्थिकर सामाजिक परिवर्तन हो । विभिन्न तहका निर्वाचनहरु सकिसकेर नेपालमा संघियता संस्थागत हुँदै गर्दा प्राकृतिक श्रोत व्यवस्थापनमा ध्यान दिन सकिएन भने देशले समृद्धिको दिशा कहिल्यै पनि पकड्न सक्ने छैन । सबैमा चेतना भया । silwal892@gmail.com

Read more at: http://www.khabarsamriddhi.com/archives/2929

Saturday, December 9, 2017

कांग्रेसको औचित्य र भविष्य

यस प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले अनपेक्षित र अप्रत्याशित हार बेहोर्नुपरेको छ । अनपेक्षित यस अर्थमा कि बाम गठबन्धनले बहुमत ल्याउने त लगभग निश्चित थियो तर प्रत्यक्ष तर्फको मतगणना सकिनै लाग्दा बाम गठबन्धनले  कांग्रेसलाई निकै पछाडी छोड्ने स्पष्टताका साथ देखिएको छ ।

कांग्रेसको हार र वामको जितका कारणहरु त विश्लेषकहरु खोतलि नै रहेका छन् । हारका मूख्य कारणहरु भने घाम जत्तिकै छर्लङ्ग छन् । विशेषगरि संविधान जारी भएपछिका दिनमा कांग्रेसले एक पछि अर्को अलोकप्रिय कदम चालेको थियो, जसले कांग्रेसको जनमत स्वात्तै घटाइदियो । उसै पनि नेपाली कांग्रेस प्रतिको आकर्षण वर्षेनि घट्दै गइरहेको  आँकडाहरुले देखाउँछन् ।

यस ब्लगमा मैले कांग्रेसको हार र वामको जितका कारणहरु छलफल गर्न खोजेको हैन । त्यो काम अरु धेरै विद्धानहरुले गरिरहेका छन् । यस कामलाई म विश्लेषकहरु र सम्बन्धित दलहरुकै जिम्मामा छोड्दै अर्को एक महत्वपूर्ण सवालतर्फ ध्यान केन्द्रित गर्न चाहन्छु ।

यस निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि राष्ट्रिय राजनितिमा नेपाली कांग्रेसको औचित्य सकिएको हो त भन्ने प्रश्न उठेको छ । सामाजिक सञ्जालका भित्ताहरु चहार्ने क्रममा, धेरै जनाले कांग्रेस अब खिइँदै जाने र प्रजा परिषदको हालतमा पुग्ने भविष्यवाणि गरेको पाएँ । नेपालमा सम्पन्न भएका निर्वाचनका नतिजाहरु केलाउँदै जाँदा हरेक निर्वाचनमा कांग्रेसले पाएको पपुलर मत घट्दै गएको देख्दा ट्रेण्ड विश्लेषणले पनि यो आशंका सत्य सावित हुन्छ कि जस्तो लाग्छ ।

धेरै जनाले कांग्रेस अब पनि नसुध्रिने हो भने सकिने भविष्यवाणि गरेका छन् । यी भविष्यवाणिका पछाडी कति तार्किक आधारहरु जोडिएका छन् थाहा नभए पनि मैले यसमा सत्यता देखेको छु । २००४ सालमा गठन भएर राणाशाही, निरंकुश राजतन्त्र र कम्युनिस्ट विद्रोह जस्ता लोकतन्त्रमाथीका खतराहरु विरुद्ध लड्दै, संघर्ष गर्दै आएको यो लोकतान्त्रिक दल भविष्यको कुनै विन्दुमा विलुप्त भएर जानेछ भन्ने सोच्दा मात्र पनि निकै दुःख लागेर आएको छ ।

कांग्रेसको औचित्य अब के सकिएकै हो त ? देशका हरेक राजनैतिक परिवर्तनको नेतृत्व गरेको यो दल के अब कमजोर बन्दै गएको हो त ?  अहिले नै कांग्रेस सकिसक्यो भनेर अनुमान गर्नु भने हतार हुनेछ । हो, कांग्रेस अहिले ईतिहासमै सबैभन्दा ठूलो संकटमा छ । यसपछाडी कांग्रेसले कस्तो कदम लिनेछ, त्यसले यसको भविष्य निर्धारण गर्नेछ । सामाजिक संजालमा एक युवाको विचार यस्तो थियो, के विपि बाँचेका भए अहिले उनले कांग्रेसलाई भोट दिन्थे होला ? कांग्रेस एजेण्डा विहिन, दिशा विहिन, विचार विहिन हुँदै गइरहेको परिप्रेक्ष्यमा गरिएको यो व्यंगय साँच्चै मार्मिक छ ।

नेपाली कांग्रृेसको औचित्य सकिनुहूँदैन । जन्मे देखि नै लोकतन्त्रको रक्षार्थ संघर्ष गरिरहेको यो पार्टीको असफलता समपूर्ण लोकतन्त्रप्रति आस्था राख्ने जनमनको असफलताको रुपमा चित्रित हुने छ । यो पार्टी खराब होइन । यसका सिद्धान्त खराब छैनन् । भएको के हो भने, यसको नेतृत्व असक्षम, विचार विहिन, भिजन विहिन व्यक्तिहरुको हातमा पुगेको छ । हिजोका दिनमा कमाउवादीहरुले यसको लोकप्रियताको व्याज खाएको सत्य हो । कांग्रेसमा लागेर व्यक्तिगत हित, स्वार्थ र अर्थोपार्जनमा लागेका भ्रष्टाचारी र व्यभिचारीहरुको बिल आज समस्त कांग्रेसको नाममा काटिएको छ ।

कांग्रेसको ईतिहास नबुझेका घन चक्करहरु आज कांग्रेसमाथी लान्छना लगाउन र यसलाई बदनाम गर्नमा व्यस्त छन् । आज यीनिहरु जुन लोकतन्त्रको अक्सिजन लिएर बाँचेका छन् , त्यो कांग्रेसले निरन्तर गरेको संघर्ष र बलिदानको प्रतिफल हो भन्ने नबुझेकाहरु यसमाथी अनेक आरोप लागाएर आफुलाई प्रगतिशिल देखाउनमा व्यस्त छन् ।

तर नेपालमा यहि एउटा दल छ, जसमाथी मानिसहरु आँखा चिम्लेर विश्वास गर्न सक्छन् । गाली पनि मानिसले आफुले सबैभन्दा बढी माया गरेका हरुलाई नै गर्छ । कसैबाट पनि पार नलागे अन्ततः नेपाल र नेपालीको हित गर्ने एक मात्र दल यही हो भन्ने पनि सबैले बुझेका छन् । केही नेताहरुको सत्ता लिप्सा, पदलोलुपता, भ्रष्ट आचरण, गलत नेतृत्व, अविवेकि निर्णयले आज पार्टि भँड्खालोमा जाकिन थाल्यो भन्ने पनि सबैलाई थाहा छ ।

तसर्थ अब कांग्रेस सुध्रिनुपर्छ । आफुलाई पुरै पुनःसंरचना गर्नु आवश्यक छन् । बदलिँदो परिवेशमा दलका एजेण्डाहरुलाई पनि पुरै रिसेट गर्नुपर्छ । दलभित्र विचार विमर्श र सैद्धान्तिक बहसको संस्कृति पुनः ब्युँताउनुपर्छ । ती एजेण्डाहरुलाई जनताका दैलौसम्म पु¥याउनुपर्छ । खराब चरित्र भएका र दलको उपयोग मात्र गर्न खोज्ने प्रवृत्तीहरुलाई गलहत्याएर निकाल्नुपर्छ । स्वच्छ आचरण भएका, उत्साह र जोश भएका, कुशल सांगठनिक क्षमता भएका, विद्धान युवा नेताहरुलाई पहिचान गरेर नेतृत्वमा लग्नुपर्छ ।

कांग्ेसको राजनैतिक भविष्य त चुनौतीपूर्ण हुने स्वतः सिद्ध नै छ । यहाँ सम्म कि चुनाव पछाडी गठन हुने बाम सरकारले लोकप्रियता हासिल गरेमा आगामी कैयौँ निर्वाचनहरुमा कांग्रेसले हार्न सक्छ । एमाले माओवादी मिलेर एक दल बनेर सरकार राम्रोसँग चलाए भने त उनीहरुको लोकप्रियता बढ्छ बढ्छ । आगामी कैयौँ वर्ष कांग्रेस सत्ता बाहिर रहनुपर्ने हुन सक्छ ।

तर पराजयपश्चात अत्तालिने दलको भविष्य कहिल्यै राम्रो हुन सक्दैन । लोकतन्त्रमा पराजय र विजय दुवै स्वाभाविक परिणम हुन् । लोकतन्त्र मात्र एक यस्तो व्यवस्था हो, जहाँ पराजित पनि विजेता हुन्छ । प्रतिपक्षिको भुमिका झनै महत्वपूर्ण र गहन हुन्छ । एक जिम्मेवार प्रतिपक्षिको भुमिका निर्वाह गर्दै सरकारले गर्न सक्ने गलत कामहरु माथी निरन्तर खबरदारी गरिरहनु कांग्रेसको अबको दायित्व हो ।

राष्ट्र हित प्रमूख हो, दलिय स्वार्थ गौण हो । राष्ट्रको समृद्धि हुन्छ, लोकतन्त्र स्थापित हुन्छ, अधिकार विहिनहरुले अधिकार पाउँछन्, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता अक्षुण रहन्छ भने कुनै दल विशेष अस्तित्वमा नरहँदा पनि के फरक पर्छ र ? आखिर कांग्रेसले दशकौँ सम्म गरेको संघर्ष र बलिदानी पनि त यहि देशको उत्थानको लागि हो, यहि देशका जनताको अधिकारका लागि हो, कांग्रेस आफैँका लागि थोडै हो र ?

यो विचार कांग्रेस हारिसक्यो भन्ने पृष्ठभुमिमा लेखिएको होइन । समानुपातिक तर्फको नतिजा पनि आइसक्दा पपुलर मतमा कांग्रेस देशकै ठूलो दल बन्न पिन सक्छ । तर अबको पाँच वर्ष कांग्रेस सरकार बाहिर हुने निश्चित प्रायः छ । यो विचारको आशय, सरकार बाहिर रहेर पनि कांग्रेसले लोकतन्त्रको रक्षा गर्न सक्छ भन्ने हो । सत्तास्वार्थमा केन्द्रित भएर फेरि माओवादी र एमाले असमझदारीमा खेल्ने, टुट फुटको राजनिति गर्ने, बाह्य प्रभु शरणं गच्छामी गर्ने नगरोस भनेर हो । त्यसो गरेमा नेपाली कांग्रेसको अवसान निकट भविष्यमै हुनेछ । सबैलाई चेतना भया ।

-कपिल सिलवाल
silwal892@gmail.com
facebook.com/mr.silwal
follow me on twitter, @kapilsilwal007

Thursday, December 7, 2017

कहाँ चुक्यो कांग्रेस ?

संघिय र प्रादेशिक संसदको चुनाव सम्पन्न भइसकेर मतगणना जारी छ ।

यो ब्लग लेख्न बस्दासम्म मतगणनाका नतिजाहरु आउने क्रम जारी छ । प्रारम्भिक मतगणनाको रुझान हेर्दा एमाले र माओवादी को बाम गठबन्धनले प्रत्यक्ष तर्फ दूई तिहाइ भन्दा बढी सिट जित्न सक्ने सम्भावना देखिएको छ ।

बाम गठबन्धनले बहुमत ल्याउँछ भन्ने त मैले सोचेको थिएँ तर यो हद सम्म कांग्रेस पछाडी पर्ला भन्ने लागेको थिएन ।

एक हिसाबले भन्नुपर्दा यो चुनावबाट राष्ट्रिय राजनितिमा नेपाली कांग्रेस धेरै पछाडी धकेलिनेछ । लोकतान्त्रिक विचारधाराको हिमायतिका नाताले लोकतन्त्रको लागि युगौँ संघर्ष गरेको नेपाली कांग्रेस प्रति मेरो सदाशयता छ र सदैव रहनेछ । तथापि एक असल शुभचिन्तकले सदैव राम्रोका साथमा नराम्रो कुरा पनि औँल्याइदिन सक्नुपर्छ, ता कि ति कुराहरु आगामि दिनमा सुध्रिउन् ।

यसै वर्षको प्रारम्भमा सम्पन्न भएको स्थानिय तहको चुनावमा पनि नेपाली कांग्रेस असफल भएको थियो । तत्कालिन ठूलो दल नेपाली कांग्रेस दोस्रो स्थानमा झरेको थियो । केही स्थानमा कांग्रेसले माओवादीसँग तालमेल गरेर चुनाव लडेको थियो । खैर त्यो तालमेलको कुनै वैचारिक आधार भने थिएन । एक पछि अर्को अलोकप्रिय निर्णय गरेर जनमतबाट टाढिइरहेका देअवाले पराजित मानसिकतामा माओवादीसँग तालमेल गर्ने निर्णय गरेको थिए । सो तालमेलले माओवादीलाई त फाइदा पु¥यायो तर कांग्रेसलाई भने प्रत्युत्पादक सिद्ध भयो ।

अहिलेको बाम गठबन्धन सँग वैचारिक आधार छ । ठूलो कम्युनिस्ट दल बनाउने र निस्कण्टक राज गर्ने सपना नेताहरुले देखेका छन् । स्थानिय तहमा एमाले र माओवादीले पाएको मत जोड्दा सहजै दुई तिहाई मत आउने गणितिय हिसाब प्रस्तुत गरेर गठबन्धनले आफु स्वतः विजयी हुने घोषण गरिसकेको थियो । गठबन्धनको यो प्रचारलाई चिर्न सक्ने कुनै पनि ठोस आधार कांग्रेसले प्रस्तुत गर्न सकेन । किनकि कांग्रेसको नेतृत्व अक्षम देउवाको हातमा थियो । जसरी एमाले भित्र शिर्ष नेताहरु बिच एक तहको समझदारी र विश्वासको वातावरण छ, त्यसको एक रति पनि कांग्रेसका ठूला नेताहरु बिच छैन ।

नेतृत्व पंक्ति नियाल्ने हो भने कांग्रेसमा अलिक तल झरिसकेपछि गगन थापा देखिन्छन्, अन्यथा सबै एक से एक अलोकप्रिय र असक्षम रहेका छन् । नेतृत्व पंक्तिको यो रिक्तताले पनि कांग्रेसको लोकप्रियता धेरै घटाएको छ । एमालेका ओलि र माओवादिका प्रचण्डको जुन करिस्मा छ, त्यसको एक छेउ पनि देउवामा देख्न सकिन्न । देउवासँग नभएको त्यो ख्याति रामचन्द्र, शेखर, सशांक, प्रकाशमान, सिटौला, महत कसैमा पनि देख्न सकिन्न । निर्वाचनमा फेस भ्यालु निकै महत्वपूृर्ण हुन्छ । मोदिको फेस भ्यालुले भारतमा जनता पार्टिले चुनाव जित्दछ । बाम गठबन्धनसँग ओलि र प्रचण्डको फेस थियो तर कांग्रेससँग देउवाको कालो पोतिएको अनुहार । जुन अनुहारलाई नेपाली जनताले भावि प्रधानमन्त्रिको रुपमा कुनै पनि हालतमा स्विकार्न सकेनन् । नेतृत्व नै सक्षम र विश्वासिले नभइसकेपछि कांग्रेसले चुनाव जितने त कुरै भएन, जितेर पनि खासै उपलब्धिमुलक हुने थिएन ।

उता नेपाली जनता दस वर्षमा ११ वटा सरकार फेरिने अस्थिर राजनैतिक अवस्थाबाट वाक्क दिक्क भइसकेको थिए । कुनै दलको स्पष्ट बहुमत आएर निस्कण्टक पाँच वर्ष सरकार चलाए देशमा स्थिरता आउँथ्यो र देह समृद्धिको बाटो तर्फ लम्कन्थयो कि भन्ने आशा व्याप्त रहेको देखिन्छ । ६४ सालमा नेकपा माओवादीलाई मिलेको त्यो अपार जनसमर्थन पनि तत्कालिन अवस्थामा परिवर्तनको खोजि र परिवर्तनपछाडीको स्थिरताको चाहना नै त थियो । यस पालि पनि दुई दल मिलेर चुनाव लडिसकेपछि बहुमत ल्याउने, चुनावपछाडी एउटै दल बनेर ५ वर्षसम्म स्थायी सरकार चलाउने उद्घोषलाई जनताले रम्रैसँग पत्याए । मत दिइसकेपछि खेर जानेमा किन दिन बरु जित्नेलाई नै दिए खेर जाँदैन भनेर पनि जनताले गठबन्धनलाई मत दिए ।

अहिलेसम्म अन्तिम नतिजा आइसकेको त छैन, तर प्रारम्भिक रुझानले धेरै कुरा संकेत गरिसकेको छ ।

यो चुनावका नेपाली कांग्रेसका धेरै ठूला नेताहरुले पनि हार्दैछन् । कांग्रेसका लागि यो चुनाव पाठ सिक्ने ठूलो अवसर हुनेछ । संविधान आफ्नो नेतृत्वमा जारि भएको र संविधानलाई संस्थागत गर्ने चुनावहरु आफ्नो नेतृत्वमा सम्पन्न हुनु कांग्रेसको लागि ठूलो जित हो । हाला कि, यो सफलतालाई कांग्रेसले चुनावमा भजाउन सकेन । सकेको भए केही मत अवश्य बढ्थ्यो होला ।

कांग्रेस ईतिहासमै ठूलो संकटमा रहेको छ । अहिले उसलाई साथ दिने अरु कुनै सहयोगि देखिँदैनन् । भारतिय समर्थन पनि बलेको आगो तर्फै केही दिनमा सर्नेछ तर कांगे्रसलाई ठुलो मौका मिलेको छ, जनता समक्ष जाने, संगठन विस्तार गर्ने, फेरी आफुलाई पहिलाको जस्तै जनाधारयुक्त दल बनाउने । हुन त प्रारम्भिक नतिजा हेर्दा कांग्रेस आफैँले पाउने कोर मत घटेको देखिँदैन । तर बदलिएको राजनैतिक परिस्थितिमा तदनुरुप प्रभावकारी रणनिति अख्तियार गर्न नसक्दा कांग्रेसको यो हविगत भएको हो ।

अब कांग्रेसले आफुलाई पुरै समिक्षा गर्नुपर्ने बेला आएको छ । जनआन्दोलन २ पछाडी कांग्रेसले माओवादीको एजेण्डा बोकेर हिँड्न थाल्दा एजेण्डा विहिन बन्न पुग्यो । अब आफ्ना एजेण्डाहरु पुरै रिसेट गरेर त्यसलाई जनतासमक्ष लैजानुपर्छ । संगठनको पुनसंरचना गरिनुपर्छ ।

नयाँ पुस्तालाई दलको महत्वपूर्ण र जिम्मेवार भुमिकामा ल्याइनुपर्छ । अझ पनि बूढाहरुले पद ओगटेर बसे भने अर्को चुनावसम्म त कांग्रेसको अस्तितव नामेट भइसक्ने छ। अहिले भने शूूरुमा देउवाले अन्तिम नतिजा आएको दिन नैतिकताका आधारमा राजिनामा दिनुपर्दछ । फेरि पनि घमण्ड गरेर पद ओगटिरहने, दललाई भड्खालोमा जाक्ने गरिरहे भने पार्टी भित्रका युवाहरुले घोक्रेठ्याक लगाएर हुत्याउनुपर्दछ । सबैमा चेतना भया ।

बम हान्ने हरु माथी कार्यवाही आवश्यक

मंसिर १८ गते काठमाण्डौको चपलिमा नेपाली कांग्रेसका नेता गगन थापामाथी भएको बम आक्रमण पश्चात सम्पूर्ण नेपालको ध्यान त्यतातर्फ खिचिएको छ ।

प्रदेश सभा र प्रतिनिधि सभाको पहिलो र दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार हरुलाई लक्षित गरेर गरिएको यो आक्रमण पहिलो होइन । यस अघि पनि देशका विभिन्न भागमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुलाई लक्षित गरेर आक्रमण भइसकेको छ छ ।

थापामाथी देशको राजधानीमा भएको यो सांघातिक हमलाले भने सबैको ध्यान यता तर्फ तानेको छ ।

आखिर कसले गरिरहेको छ बम हमला ? किन गरिरहेको छ ? यी र यस्ता प्रश्नहरुले सबै नागरिकको माथिङ्गल नराम्रो सँग हल्लाएको छ । लोकतन्त्रको प्राण मानिने निर्वाचनको पूर्व सन्ध्यामा उम्मेदवारहरुमाथी गरिएका यस्ता संघातिक हमलाहरु रोक्न किन असफल भइरहेको छ सरकार? निर्वाचनको यस घडिमा उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिने कर्मचारीहरुको सुरक्षा सरकारको पहिलो प्राथमिकता बन्नुपर्छ । पहिलो चरणको निर्वाचनमा स्थानिय तहको निर्वाचनमा भन्दा कम मतदान हुनुमा मतदातामा रहेको सुरक्षा आशंका पनि एक कारण हुनुपर्छ ।

बम आक्रमणमा संलग्न जोसुकै भए पनि अनुसन्धान गरेर नेपालको संविधान र कानुुनले निर्दिष्ट गरे बमोजिमको दण्ड सजाय दिइनुपर्छ । तब मात्र सरकार र प्रशासनमाथी विश्वासको वातावरण सिर्जना हुने देखिन्छ । गगन थापा, रामशरण महत जस्ता मन्त्रि भइसकेका ठूला नेताहरुको त सुरक्षा हुन सकेको छैन भने अन्य सर्व साधारण मतदातामा सुरक्षालाई लिएर शंका हुनु स्वाभाविक छ जसको असर दोश्रो चरणको मतदानमा पर्ने निश्चित छ ।

कठोर कम्युनिस्ट रवैया र पत्रकार हरुको पक्षधरता

धेरै अगाडिको कुरो हो !

त्यतिखेर नेपालको राजनीति भ्रष्टाचारका दुइ काण्डले तरंगित थिए ।

एक- लाउडा काण्ड, जसमा तत्कालिन प्रधान मन्त्रि गिरिजा प्रसाद कोइराला मुछिएका थिए ।
दुइ - अलिक अगाडिको, चाइना साउथ वेस्ट काण्ड, जसमा एमालेका नेता भिम रावल मुछिएका थिए ।

त्यतिखेर कान्तिपुर प्रकाशन गृहको पाक्षिक प्रकाशन का सम्पादक थिए- विजय कुमार ।

उनले सो प्रकाशन मार्फत निरन्तर ति भ्रष्टाचार काण्ड हरुको पर्दाफास गरेका थिए ! एक अंकमा त गिरिजाबाबु लाइ लक्षित गरेर लेखेका थिए- "एकाम लज्जाम परित्यज्यम सर्वत्र विजयी भवेत"
गिरिजाबाबुले भ्रस्टाचारको आरोपमा सर्वत्र विरोध र आलोचना हुदा पनि लिच्चड लागेर प्रधान मन्त्रीको कुर्सि नछाडेको मा लाज पचेको नकचरो भन्दै व्यंग्य गरिएको थियो ।

विजयकुमारले नेपाल पाक्षिक को कुनै अंकको सम्पादकीयमा लेखेको सम्झन्छु,
"लाउडा काण्ड को पर्दाफास र त्यो हद सम्म को आलोचना पश्चात पनि गिरिजा बाबु संग भेट हुदा उनले विजय्कुमार्लाई कुनै व्यक्तिगत गुनासो गरेनन । निकै शालीन र मित्रवत रुपमा प्रस्तुत भए । तर कतै भेट हुदा रावलले धम्कि, गालि र अशोभनीय व्यवहार प्रस्तुत गरेको मा विजयकुमार ले खेद प्रकट गरेका थिए !"

यो प्रसङ्ग आझ सम्झिएको ट्विटर मा केहि साथीहरुको ट्विट पढेपछि हो ।

संवत २०७४ संघीय गणतान्त्रिक लोकतन्त्र नेपाल को पहिलो प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव को लागि एमाले र माओवादी मिलेर बामपन्थी गठबन्धन बनाएर चुनाव लडिरहेका छन् । केहि साना बामपन्थी दल पनि त्यसमा समावेश भएका होलान । अघिल्लो स्थानीय निकायको चुनाव मा माओवादी र एमाले ले लेराएको मत जोड्दा दुइ तिहाइ पुग्ने भन्दै,  स्पष्ट बहुमत अझ दुइ तिहाइ बहुमत आउने र चुनाव पछाडी सरकार बनाउने, संविधान संसोधन गर्ने, यो गर्ने , त्यो गर्ने भन्ने आत्मविश्वास गठबन्धनका नेता हरुमा देखिन्छ। अझ चुनाव पछाडि पार्टि एकता नै गर्ने उदघोस दुइ दलले गरिसकेका छन् ।

ति साथीहरुले ट्विट मा यस पटकको चुनाव मा लोकतान्त्रिक विचार धारा राख्ने पत्रकार हरु खुलेर कांग्रस को पक्षमा लागेको भन्दै आलोचना गरेपछि मैले माथीको प्रसङ्ग सम्झिए ।

कम्युनिस्ट हरुको रवैया स्वतन्त्र पत्रकार हरु प्रति त्यति सहिष्णु नहुने संकेत माथीको प्रसंगले गर्दछ । देश दुनिया बुझेका बरिस्ठ पत्रकार हरुले पनि कम्युनिस्टको बहुमत र त्यसपछिको सत्ताले स्वतन्त्र प्रेस माथी अपनाउन सक्ने कठोर व्यवाहारको आकलन गरेका हुन सक्छन । त्यसैले, भोलि आफैमाथी कैची चलाउन सक्ने अधिनायक वादी चरित्र भन्दा सहिष्णु र उदार पक्षको समर्थनमा खुलेर लागेको हुन सक्छ ।

त्यसैले मा भन्छु सामयिक र सापेक्ष विश्लेषण गरौ । हनुमान नबनाऊ । त्यसै पनि कम्युनिस्टलाई लाग्ने गरेको आरोप हो कि, धेरै उत्तेजित हुने, सहिष्णुता न अपनाउने । आफ्नो पक्षा को सबै राम र विपक्षी सबै रावण भन्नु भन्दा पनि गुण दोष र व्यवहार केलाएर समालोचना गरौ ! सबैको जय होस् !