कपिल सिलवाल विश्वको जमिनको कूल क्षेत्रफलको २० प्रतिशत भाग पर्वतहरुले ढाकेका छन् । विश्वका एक अर्ब मानिसहरु पर्वतीय भू- भागमा बसोबास गर्दछन् र विश्वको आधाभन्दा बढी जनसंख्या खाद्यान्न, पानी र सफा उर्जाका लागि प्रत्यक्ष रुपमा पर्वतहरुमाथि आश्रित छन् । पर्वतहरु विभिन्न प्राकृतिक श्रोतहरुका संगम हुन् ।
नेपाल पनि एक पर्वतीय मुलुक हो। यसको कूल भू-भागको ८५ प्रतिशत भन्दा बढी क्षेत्र चुरे पहाड, महाभारत पर्वत श्रृंखला, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रले ढाकेको छ । उत्तरदेखि दक्षिणतर्फ लाग्दा करिब १९३ कि.मि.को चौडाईभित्र समुद्री सतहदेखि ५९ मि. देखि ८,८४८ मि. सम्मको उचाइका भूधरातलहरु रहेका छन् । छोटो दुरीमै यो किसिमको भौगोलिक भिन्नता रहनुले विविध जलवायु प्रणाली र उच्च जैविक विविधतालाई त जन्म दिएको छ नै त्यससँगै उच्च सांस्कृतिक र सामाजिक विविधताको पनि रचना गरेको छ ।
नेपालका सबै ठूला नदीहरुको उद्गम स्थल उत्तरतर्फका हिमश्रृंखला हुन् । नेपालको सबैभन्दा ठूलो प्राकृतिक श्रोत पनि जलसम्पदा नै हो । विद्युत, सिँचाई, परिवहन, पर्यटन प्रवर्धन, कृषि, उद्योग आदिको लागि नभइ नहुने श्रोत पनि जलसम्पदा नै हो । एक हदसम्म भन्नुपर्दा नेपालको अर्थतन्त्रमा प्राण भर्ने ठानिएको जलसम्पदा अन्ततः ती पर्वतहरुकै उपज हुन् ।
नेपालको कूल जनसंख्याको आधा जनसंख्या पर्वतीय क्षेत्रमा बसोबास गर्दछ । नेपालका पर्वतहरु जलश्रोतका अलावा जमिन, वन वनस्पति, खनिज जस्ता प्राकृतिक श्रोतका भण्डार हुन् ।
जनसंख्या वृद्धिसँगै पछिल्लो समय पर्वतीय क्षेत्रमा मानवीय चाप बढ्दै गएको छ । यसले विभिन्न किसिमका समस्याहरु निम्त्याएको छ । यी समस्याहरुले मानविय, आर्थिक, सामाजिक र वातावरणीय संकटहरु सिर्जना गरिरहेका छन् । बाढी, पहिरो जस्ता विपद्को बढ्दो जोखिम, जलवायु परिवर्तनका असरहरुको तिव्र मात्रामा वृद्धि, तिव्र बसाईँसराई, सहरीकरण, गलत भूउपयोग र जैविक विविधताको क्षय पछिल्लो समय नेपालको पर्वतीय क्षेत्रमा देखिएका समस्याहरु हुन् ।
पर्वतीय क्षेत्रहरुको लागि जलवायु परिवर्तन सबैभन्दा ठूलो खतराको रुपमा रहेको छ । जलवायु परिवर्तनको मूख्य कारण वायुमण्डलमा कार्बन डाइअक्साइड, मिथेन जस्ता हरित गृह ग्याँसहरुको मात्रा बढ्नु हो । यस्ता हरित गृह ग्याँसले सूर्यबाट आउने तापलाई सोसेर राख्दछन् र वायुमण्डलको तापक्रम बढाउन मदत गर्दछन् । कोइला, डिजेल, पेट्रोल, एलपिजि जस्ता खनिज उर्जाहरुको दोहन, वन विनाश, कृषि तथा पशुपालन जस्ता मानवीय क्रियाकलापहरु बाट यस्ता ग्याँस उत्सर्जन हुन्छन् । जलवायु परिवर्तनका लागि जिम्मेवार हरित गृह ग्याँस उत्सर्जनमा नेपालको भूमिका ०.०५६ प्रतिशत मात्रै भए तापनि यसको असरबाट सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रहरुमध्ये नेपाल पनि एक हो । एक अध्ययनले नेपाल जलवायु परिवर्तनबाट जोखिममा रहेका राष्ट्रहरुमध्ये चौँथो स्थानमा रहेको देखाएको छ ।
जलवायु परिवर्तनको असर विश्वभर पर्ने भए तापनि आर्थिक रुपमा कमजोर राष्ट्रहरु यसबाट बढी प्रभावित हुन्छन् । जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक अनुकुलनमा लगानी गर्न नसक्ने भएकोले गरिब राष्ट्रहरु यसबाट बढी प्रभावित हुन्छन् । साथै, नेपालको विशिष्ट भौगोलिक, भौगर्भिक अवस्थिति, र जलवायु प्रणालीका कारण पनि यो जोखिम बढेको हो ।
जलवायु परिवर्तनको असर वायुमण्डलीय तापक्रम र वर्षामा देखापर्ने परिवर्तनको माध्यमबाट उद्घाटित हुने गर्दछ । तापक्रम र वर्षामा आउने परिवर्तनले पारिस्थितिकिय पद्धति, वातावरणीय सन्तुलन र प्राकृतिक चक्रहरुमा परिवर्तन ल्याउँछ । पृथ्वीका सबै प्राकृतिक प्रणालीहरु परिवर्तनशील छन् तर हालको जलवायु परिवर्तनले निम्त्याएको परिवर्तनको दर तिव्र भएकाले प्राकृतिक प्रणालीहरु यससँग अभ्यस्त र अनुकुलित हुन सकिरहेका छैनन् ।
नेपालको दूई तिहाई जनसंख्या कृषिमा आश्रित छ भने कूल राष्ट्रिय उत्पादनको एक तिहाई योगदान कृषि क्षेत्रको रहेको छ । जलवायु परिवर्तनले कृषिमा प्रत्यक्ष प्रभाव पार्दछ । वर्षामा आधारित कृषि प्रणालीमा झन् यसले ठाडै असर पार्दछ । नेपालका धेरै कृषि प्रणाली वर्षामा आधारित रहेका छन् । कतै अतिवृष्टि हुने, कतै लामो समयसम्म सुख्खा रहिरहने, कतै बेमौसमी वर्षा हुने जस्ता समस्या कृषकहरुले भोगिरहेका छन् । नेपालका अधिकांश कृषकहरुले व्यावसायिक कृषि नअपनाई सानो स्तरमा परिवारको माग धान्न मात्र पुग्ने खाद्यान्न उब्जाउने गरेका छन् । कमजोर आर्थिक अवस्था, अनुकुलनको ज्ञानको कमि आदी कारणले जलवायु परिवर्तनबाट ठूला कृषकभन्दा साना कृषकहरु बढी संकटासन्न रहन्छन् ।
त्यस्तै, जलवायु परिवर्तनले पहिरो, बाढी, चट्याङ, असिना, हिमपात जस्ता जलवायु जन्य प्रकोपहरुको संख्या र तिनले गर्ने क्षति पनि बढाइरहेको तथ्यांकहरुले देखाउँछन् । जलवायु परिवर्तनले हिउँ पग्लिने दर तिव्र हुँदै जाँदा नेपालका सेता हिमालहरु काला बन्दै गइरहेका छन् । हिमपहिरोको जोखिम बढिरहेको छ, जसले प्रत्यक्ष रुपमा पर्वतारोहणमा आधारित पर्यटनमा नकारात्मक असर पारेको छ । हिउँ पग्लिने दर तिव्र हुँदै जाँदा हिमतालहरुको क्षेत्रफल पनि बढ्दै गइरहेको छ । पहिला नभएका ठाउँमा पनि नयाँ नयाँ हिमतालहरु सिर्जना भइरहेका छन् । हिमताल बन्ने हिमाली उपत्यकाका भूगोल अत्यन्त कमजोर हुने हुनाले हिमताल फैलँदै जाँदा कुनै पनि समय त्यो विष्फोटन हुने खतरा हुन्छ । यसरी जलवायु परिवर्तसँगै हिमताल विष्फोटको जोखिम पनि बढ्दै गइरहेको छ ।
जलवायु परिवर्तनले जलश्रोत, जैविक विविधता, कृषि, जिविकोपार्जन र खाद्य सुरक्षामा पारेको नकारात्मक प्रभावसँगै विभिन्न किसिमका रोग तथा महामारीहरुको पनि खतरा बढाइरहेको छ । यसरी जलवायु परिवर्तनको असर जनस्वास्थ्यसँग पनि जोडिएको छ । विभिन्न पूर्वाधारहरु निर्माणमा गरिएको लगानी जलवायु परिवर्तनले सिर्जना गरेका उच्च जोखिममा परेका छन् । जलवायु परिवर्तनले समग्र अर्थतन्त्रमाथि नै प्रहार गरिरहेको छ ।
यस वर्ष संयुक्त राष्ट्रसंघिय खाद्य तथा कृषि संगठनले पर्वतीय दिवसको विषय जलवायु परिवर्तनसँगै पर्वतीय क्षेत्रमा निम्तिरहेका समस्याहरु खाद्यान्न असुरक्षा र बसाइसराईमा केन्द्रित गरेको छ । यो विषय नेपाल जस्तो कृषिमा आधारितर भएको र तिव्र गतिमा सहरीकरणतर्फ उन्मुख भइरहेको अल्प विकसित मुलुकका लागि निकै सान्दर्भिक रहेको छ ।
नेपालले आगामी ५ वर्षमा अल्प विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा आफूलाई उकास्ने लक्ष्य राखेको छ । यस लक्ष्यलाई पुरा गर्नका लागि आगामी दिनमा तिव्र गतिमा विकास निर्माण, रोजगारी सिर्जना, औद्योगिकीकरण, कृषि क्रान्ति गर्नुपर्ने छ । विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्दा नेपालको विशिष्ट भौगोलिक अवस्था र जलवायु प्रणालीलाई ध्यान दिनुपर्दछ । जलवायु अनुकुलन र विपद् जोखिम न्युनिकरणका कार्यक्रमहरुमा लगानी गर्नुपर्ने छ । जैविक विविधता संरक्षण, प्राकृतिक श्रोत व्यवस्थापनका कार्यक्रममा अनुसन्धान र विकासमा लगानी बढाउनुपर्ने देखिन्छ ।
नेपालका पर्वतहरु विभिन्न प्राकृतिक श्रोतका खानि हुन् । यी प्राकृतिक श्रोतको समुचित व्यवस्थापन गर्न सके आर्थिक समृद्धिका अन्य बाटो खन्नै पर्दैन । यहाँ के छैन ? सबथोक छ । तर यी श्रोतहरुको व्यवस्थापनको अभाव छ । अव्यवस्थित भूउपयोग, अव्यवस्थित बसोबास, जलवायु परिवर्तन, अनियन्त्रित दोहन र संरक्षणको अभावका यी असिमित प्राकृतिक श्रोतहरु खिइँदै गइरहेका छन् ।
अहिले नेपाल राजनैतिक परिवर्तन संस्थागत गर्नेतर्फ अग्रसर छ । राजनैतिक परिवर्तन संस्थागत गरिसकेपछि गर्नुपर्ने भनेको आर्थिकर सामाजिक परिवर्तन हो । विभिन्न तहका निर्वाचनहरु सकिसकेर नेपालमा संघियता संस्थागत हुँदै गर्दा प्राकृतिक श्रोत व्यवस्थापनमा ध्यान दिन सकिएन भने देशले समृद्धिको दिशा कहिल्यै पनि पकड्न सक्ने छैन । सबैमा चेतना भया । silwal892@gmail.com
Read more at: http://www.khabarsamriddhi.com/archives/2929

Mitho Lekha ! :)
ReplyDelete