Thursday, December 7, 2017

कठोर कम्युनिस्ट रवैया र पत्रकार हरुको पक्षधरता

धेरै अगाडिको कुरो हो !

त्यतिखेर नेपालको राजनीति भ्रष्टाचारका दुइ काण्डले तरंगित थिए ।

एक- लाउडा काण्ड, जसमा तत्कालिन प्रधान मन्त्रि गिरिजा प्रसाद कोइराला मुछिएका थिए ।
दुइ - अलिक अगाडिको, चाइना साउथ वेस्ट काण्ड, जसमा एमालेका नेता भिम रावल मुछिएका थिए ।

त्यतिखेर कान्तिपुर प्रकाशन गृहको पाक्षिक प्रकाशन का सम्पादक थिए- विजय कुमार ।

उनले सो प्रकाशन मार्फत निरन्तर ति भ्रष्टाचार काण्ड हरुको पर्दाफास गरेका थिए ! एक अंकमा त गिरिजाबाबु लाइ लक्षित गरेर लेखेका थिए- "एकाम लज्जाम परित्यज्यम सर्वत्र विजयी भवेत"
गिरिजाबाबुले भ्रस्टाचारको आरोपमा सर्वत्र विरोध र आलोचना हुदा पनि लिच्चड लागेर प्रधान मन्त्रीको कुर्सि नछाडेको मा लाज पचेको नकचरो भन्दै व्यंग्य गरिएको थियो ।

विजयकुमारले नेपाल पाक्षिक को कुनै अंकको सम्पादकीयमा लेखेको सम्झन्छु,
"लाउडा काण्ड को पर्दाफास र त्यो हद सम्म को आलोचना पश्चात पनि गिरिजा बाबु संग भेट हुदा उनले विजय्कुमार्लाई कुनै व्यक्तिगत गुनासो गरेनन । निकै शालीन र मित्रवत रुपमा प्रस्तुत भए । तर कतै भेट हुदा रावलले धम्कि, गालि र अशोभनीय व्यवहार प्रस्तुत गरेको मा विजयकुमार ले खेद प्रकट गरेका थिए !"

यो प्रसङ्ग आझ सम्झिएको ट्विटर मा केहि साथीहरुको ट्विट पढेपछि हो ।

संवत २०७४ संघीय गणतान्त्रिक लोकतन्त्र नेपाल को पहिलो प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव को लागि एमाले र माओवादी मिलेर बामपन्थी गठबन्धन बनाएर चुनाव लडिरहेका छन् । केहि साना बामपन्थी दल पनि त्यसमा समावेश भएका होलान । अघिल्लो स्थानीय निकायको चुनाव मा माओवादी र एमाले ले लेराएको मत जोड्दा दुइ तिहाइ पुग्ने भन्दै,  स्पष्ट बहुमत अझ दुइ तिहाइ बहुमत आउने र चुनाव पछाडी सरकार बनाउने, संविधान संसोधन गर्ने, यो गर्ने , त्यो गर्ने भन्ने आत्मविश्वास गठबन्धनका नेता हरुमा देखिन्छ। अझ चुनाव पछाडि पार्टि एकता नै गर्ने उदघोस दुइ दलले गरिसकेका छन् ।

ति साथीहरुले ट्विट मा यस पटकको चुनाव मा लोकतान्त्रिक विचार धारा राख्ने पत्रकार हरु खुलेर कांग्रस को पक्षमा लागेको भन्दै आलोचना गरेपछि मैले माथीको प्रसङ्ग सम्झिए ।

कम्युनिस्ट हरुको रवैया स्वतन्त्र पत्रकार हरु प्रति त्यति सहिष्णु नहुने संकेत माथीको प्रसंगले गर्दछ । देश दुनिया बुझेका बरिस्ठ पत्रकार हरुले पनि कम्युनिस्टको बहुमत र त्यसपछिको सत्ताले स्वतन्त्र प्रेस माथी अपनाउन सक्ने कठोर व्यवाहारको आकलन गरेका हुन सक्छन । त्यसैले, भोलि आफैमाथी कैची चलाउन सक्ने अधिनायक वादी चरित्र भन्दा सहिष्णु र उदार पक्षको समर्थनमा खुलेर लागेको हुन सक्छ ।

त्यसैले मा भन्छु सामयिक र सापेक्ष विश्लेषण गरौ । हनुमान नबनाऊ । त्यसै पनि कम्युनिस्टलाई लाग्ने गरेको आरोप हो कि, धेरै उत्तेजित हुने, सहिष्णुता न अपनाउने । आफ्नो पक्षा को सबै राम र विपक्षी सबै रावण भन्नु भन्दा पनि गुण दोष र व्यवहार केलाएर समालोचना गरौ ! सबैको जय होस् !

No comments:

Post a Comment